माइक्रो फाइनान्सका ऋणीले लिने स्पाउस कभर बीमामा समस्या
काठमाडौं । माइक्रो फाइनान्सका ऋणीहरुको पनि बीमा हुने व्यवस्था छ । त्यसरी बीमा गर्दा उनीहरुको श्रीमान-श्रीमतीको नै एकसाथ बीमा गराउँदै आएका छन् । त्यस्तो बीमालाई स्पाउस कभर (दाम्पत्य बीमा) भनेर पनि चिनिन्छ ।
तर, पछिल्लो समय सोही स्पाउस कभरलाई लिएर केही समस्या सिर्जना भएको पाइएको छ । एक त उनीहरुले स्पाउस कभरको बीमा गर्दा १० लाख रुपैयाँसम्मको बीमा गर्दै आएका छन् । त्यसरी लघु जीवन बीमकको व्यवसायीक लिमिट ऐन अनुसार १० लाख रुपैयाँसम्म छैन । व्यक्तीगततर्फ पाँच लाख भए पनि संस्थागत ऋणीहरुको बीमा गर्दा १० लाख रुपैयाँसम्म बीमा गर्न पाउँने लघु बीमकहरुले बताउँने गरेका छन् । बीमा प्राधिरणले नै बाटो खुला गरेसँगै अहिले स्पाउस कभरमा १० लाख रुपैयाँसम्मको बीमा हुने गरेको खुलेको हो । यसरी हेर्दा आफ्नो भारबहन क्षमताभन्दा बढी लोड ट्रकले बोकेजस्तै लघु बीमाहरुले पनि आफ्नो कार्यप्रकृतीबाट बिचल्लीत भएर ठूलो व्यवसाय ताक्न सुरु गरेको स्पष्ट हुन्छ । ठूला बीमा कम्पनीहरुले ग्रामिण तहमा राम्रो कार्य सम्पादन गर्न सकेनन् भनेर ल्याइएको, सानो पूँजी भएको र कान्छो बीमा कम्पनीहरुले ठूलो र पुराना कम्पनीहरुको व्यवसायमै आँखा लगाएको प्रष्ट हुन्छ । सो कुरा सम्बन्धित सरोकारवालाहरुले नै खुलाएका हुन् ।
साथै, माइक्रो फाइनान्सबाट बीमा गराउँदा मानौ ऋणी श्रीमान् हुन भने उनको सहित श्रीमतीको पनि बीमा हुने गरेको छ । तर, यसको दाबी भुक्तानीमा भने केही अन्यौलता सिर्जना भएको अवस्था छ । एकातर्फ श्रीमानको मृत्यु पहिला भएमा त्यसपछि हुने श्रीमतको मृत्युमा समेत पैसा दिने व्यवस्था छ । तर, यदी ऋणी श्रीमानले बीमा गरेको बेलामा श्रीमतीको पहिला मृत्यु भएमा बीमांक नपाईले स्रोत बताउँछ ।
साथै, कुनै पनि स्पाउस कभरमा एकसाथ दुई जना दम्पतीको जोखिम बहन हुने व्यवस्था छ र जस्को पहिला मृत्यु भए पनि बीमाले पैसा (बीमांक रकम) दिनु पर्छ ।। त्यसरी नै बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले नै नि:शुल्क रुपमा गरिने बीमाहरुलाई प्रतिबन्ध लगाएको अवस्था छ । या भनौ सित्तैमा कुनै पनि बीमा हुँदैन । बरु केही बीमाहरुमा सरकारबाटै अनुदान वा कर छुटका अवधारणाहरु संचालित छन् । यस्तो अवस्थामा माइक्रो फाइनान्सले एकजना श्रीमानको बीमाशुल्क लिएर उता श्रीमतीको भने सित्तैमा बीमा गर्ने गरेको स्रोत बताउँछन् ।
तर सरोकारवालाहरुको भनाई बुझ्दा उनीहरुले सिधै प्रिमियम भनेर बीमाशुल्क चार्ज नलिए पनि प्रविधिक रुपमा आफूहरुले टेक्निकल्ली बीमाबाट पाउनु पर्ने रकम नपाई कुनै पनि बीमा (जोखिम कभर) नगर्ने तर्क गरेका छन् ।