नेपाल माइक्रोले सम्पन्न गर्यो लघुबीमा अभिमुखीकरण कार्यक्रम
काठमाडौं । पछिल्लो समय संचालन इजाजत अनुमति पत्र पाएर न्यून आय भएका नागरिकहरुको बीमा गर्दै आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघुबीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा सरोकारवालाहरुलाई लघुबीमा र यसको महत्वका बारेमा जानकारी गराइएको कम्पनीले बताएको हो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले लघुबीमाको भूमिकाका साथै यसको चुनौती र सम्भावनाबारे प्रस्तुति दिका थिए भने सहायक प्रमुख कार्यकारी अधिकृत अनिल गिरीले कम्पनीले प्रदान गर्ने लघु बीमाका सेवाबारे जानकारी गराउँदै सरल र सस्तो दरमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जानकारी दिएको छ।
डेभलपमेन्ट एलायन्स नेपालले संयोजन गरेको कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले बैंक र बीमा व्यवसायबीचको सम्बन्धलाई प्रस्ट पार्दै यस्ता अभिमुखीकरण कार्यक्रम बैंकका कर्मचारीका लागि उपयोगी हुने भनाई व्यक्त गरे।
यता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले साना तथा सीमान्तकृत वर्गलाई लघुबीमाले समेट्ने भन्दै बीमाको पहुँच विस्तारका लागि जनस्तरमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता देखाए ।
नेपाल माइक्रो इन्स्योरेन्स अन्य बीमा कम्पनीहरुको तुलनामा तथ्यांकगत रुपमा नै निकै राम्रो अवस्थामा रहेको पाइन्छ ।