
नेशनल लाइफको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइयो



काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२०औं स्थापना दिवस भव्य रुपमा मनाइरहेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण कर्मचारीहरुको सहभागितामा स्थापना दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनित गुप्ताले कम्पनीलेसँग आवद्ध रहेका सम्पूर्ण कर्मचारी, व्यापारी, संघ संस्था तथा नियमनकारी निकायलाई शुभकामना दिदै आउँदो दिनमा सम्बन्ध अझै प्रगाढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, कम्पनीका नायब प्रमुख कार्यकारी (डीसीईओ) धन्जी त्रिपाठीले सम्पूर्ण कर्मचारी तथाँ स्टकहोल्डर लगायत ग्राहक वर्गहरुलाई १२०औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनित गुप्ता, नायब प्रमुख कार्यकारी अधिकृत धन्जी त्रिपाठी र प्रमुख बजार अधिकृत बिमल बास्कोटा लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । कम्पनीले पछिल्लो समय नेपाली निर्जीवन बीमा बजारमा विश्वासिलो तरिकाले बीमा व्यवसायलार्ई बढाउँदै लगिरहेको छ ।

