प्रति तोला नै १५ हजार ९ सयले घट्यो सुनको मूल्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रति तोला नै १५ हजार ९ सय रुपैयाँले घटेको छ । अहिले नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको हो।
हिजो सुनको मुल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको थियो भने एक दिनमा नै सुनको मूल्यमा यति ठूलो फेरबदल आएको अवस्था छ । यता, सरकारले एक दिन अघि मात्रै सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा कायम गरेको थियो भने त्यसको प्रभाव नेपाली सुनचाँदी बजारमा परेको देखिन्छ।
साथै, सुनको मूल्यमा ठूलो गिरावट आएको दिन सोमबार चाँदी भने तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा किनबेच भइरहेको अवस्था छ। महासंघका अनुसार हिजो भने चाँदीको मूल्य १ हजार ९६० रुपैयाँमा रहेको थियो ।