
मेटलाइफ नेपालले हाम्रा राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै



काठमाडौं, ३० नोभेम्बर २०२५ – गत वर्षभरि, नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूले निडर आत्मविश्वासका साथ विभिन्न टूर्नामेंटहरु खेल्दै आएका छन् — किनकि प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि उभिएको थियो उनीहरूको भरपर्दो संरक्षकः मेटलाइफ नेपाल । अब, एक वर्षसम्म उनीहरूको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि एकपटक नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ, जसले लाखौँ नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्नेछ ।
यस नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउनेछ, जसले उनीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्नेछ ।
यो सुरक्षा प्रतिवद्धता नेपालका लागि विशेष गर्वको क्षणमा आएको हो — किनकि नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइ सी सी टि २० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ ।
“मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,” पूर्व कप्तान तथा क्रिकेट संघका सचिव पारस खड्काले भन्नुभयो। “हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।”
मेटलाइफ नेपालका जनरल म्यानेजर, श्री निर्मल काजी श्रेष्ठले भन्नुभयोः“हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन्। उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा, हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ — जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ। किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ । ”
मेटलाइफको बारेमास्
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, भ, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, www.metlife.com हेर्नु होस् ।
मेटलाइफ नेपालको बारेमा:
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७०१६६ मा फोन गर्नुहोस ।

