नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । आज आईतबार । साताको पहिलो सेयर कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । उक्त कारोबार बन्द हुँदा परिसूचक १३ दशमलव ०३ अंकले घटेर बन्द भएको हो ।
त्यस्तै, कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६६७ दशमलव ४० विन्दुमा पुगेको छ भने आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
बजार घटेको दिन ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७६ अंकले घटेर ४७१ दशमलव २० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ उपसूचकको सेयर मूल्य भने आज घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनमा ८ अर्ब २५ करोड बढीको कारोबार भएको बजारमा आज ७ अर्ब ७२ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा परिसूचकमा देखिन्छ ।