
सुन–चाँदीको मूल्य बढ्यो, आज तोलाको कति?



काठमाडौं ।आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, आज चाँदीको मूलय पनि बढेको छ । आज चाँदी तोलाको १४५ रुपैयाँ बढेको हो । आइतबार चाँदीको मूल्य तोलाको तीन हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक तोला चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

