
एसबिआई बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको अवस्था छ । बैंकको हिजो सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको जनाइएको हो ।
यता, ९ प्रतिशत लाभांश घोषणा गरेसँगै अब बैंकले बोनस सेयर ४ प्रतिशत र कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
साथै, अन्य बेलामा जस्तै नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आउने साधारणसभाले सदर गरपछि सो लाभांश लगानीकर्ताहरुले हात पार्ने छन् ।

