
निरन्तर बढेको सुनको मूल्यमा वृद्धिको क्रम कायमै



काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य उकालो लागेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढ्न पुगेको हो ।
यता, सोही दिन सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको बेलामा अघिल्लो कारोबारको दिन शुक्रबार् भने बजारमा प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
साथै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको बेलामा आइतबार प्रतितोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार हुन पुगेको छ ।
शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

