
प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा २.०५ अंकको वृद्धि



काठमाडौं । आइतबार सेयर प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको वृद्धि देखिएको छ। सोही सेसनमा २.०५ अंक बढेर परिसूचक २५६२.३४ बिन्दुमा पुगेको हो।
यता, आइतबार प्रि–ओपन सेसनमा ५२ कम्पनीको ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ ४० पैसाबराबरको ५० हजार ९११ कित्ता सेयर खरिदबिक्री भएको बेलामा १८ कम्पनीको मूल्य बढेको देखिन्छ ।
त्यस्तै,२८ कम्पनीको मूल्य घटेको बेलामा बाँकी ६ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहन पुगेको हो ।

