
आशा लघुवित्तले घोषणा गर्यो लाभांश



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ९.५ प्रतिशत र कर प्रयोजनका लागि ०.५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

