
नेपाल राष्ट्र बैंकले बढ्दो तरलताकै कारण ५० अर्ब खिच्दै



काठमाडौं । बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । यसअघि पनि नियमित जसो रकम खिच्दै आएको उसले आज पनि ५० अर्ब खिच्ने भएको हो ।
सोही केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै उक्त बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको बेलामा ८४ दिने निक्षेप संकलन उपकरणको २०८२ माघ २८ गते साँवा तथा ब्याज भुक्तानी हुने बताइएको हो ।
त्यसरी बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने भन्दै राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने बताइएको छ भने
त्यस्तो निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल मिल्ने जनाइएको हो ।
सोही प्रयोजनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको बेलामा निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ ।
यता, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने एवम् निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने खबर छ ।

