
अनलाईन खबर, बीमा पोस्ट, बिजमाण्डू लगायत देशमा मूख्य प्रभावकारी हिस्सा बोकेका अनलाइन पत्रिकामा एकसाथ सर्भर इरोर



काठमाडौं । अहिले साँझ नौलो समस्या देखिएको छ । त्यस्तो समस्या देशका मुख्य तथा प्रभावकारी सूचना प्रदान गर्ने आर्थिक राजनैतीक तथा अन्य पत्रिकाहरुमा एकसाथ देखिएको हो ।
अधिकांश अनलाइन पत्रिकाको नाम (अनलाईन खबर, बीमा पोस्ट, बिजमाण्डू ) टाइप गर्दा इन्टरनल सर्भर इरोर भन्ने संकेत देखाएको छ । अकस्मात सर्भरमा समस्या आउँदा त्यसको मार देशका चर्चित तथा प्रमुख ई-पेपरहरुले समेत सामना गर्नु परेको हो ।

अकारण देखिएका यस्ता समस्याको शिघ्र समाधान गर्न भर मग्दूर प्रयास भइरहेको खबर बीमा दर्पण डटकमलाई प्राप्त भएको छ ।
यस्तो बेलामा केही अनलाइन पत्रिका भने चलेका छन् । तर, त्यसरी अनलाइन चल्नु-नचल्नुको मुख्य कारण भने हालसम्म स्पष्ट भएको छैन ।
पलपलमा खबरदिने पत्रिकाहरु रोक्किदा कतिपय पाठकहरुले कौतुहता समेत प्रकट गरेको अवस्था छ ।
केही अनुभवी अनलाइन संचालकका अनुसार नेपालका अनलाइन पत्रिकाले ठूलो मात्रामा आउने ट्राफिका धान्न नसक्ने भएपछि क्लाउड फेयरको सहायतामा व्यवस्थापन गर्दै आएका थिए ।
नाम चलेका अनलाइनको ट्राफिक व्यवस्थापन गर्ने क्लउड फेयरमै समस्या आएपछि अधिकांश अनलाइनहरु बन्न हुन पुगेका हुन् ।


