
सुनको मूल्यमा गिरावट, आज प्रतितोला कति ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९० रुपैयाँमा आइपुगेको छ ।

