
ओरिएन्टल इन्स्योरेन्सको खुद बीमाशुल्कमा आर्जन बढ्दै



काठमाडौं । भारत सरकारको समेत लगानी रहेको ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा २८ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । यता, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।
त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ रहेको छ भने सो अवधिमा रिटेन्ड अर्निङ १९ करोड ४२ लाख रुपैयाँ घाटामा रहेको छ । अन्य इक्विटीमा ७९ करोड १ लाख रहेको देखिन्छ।
कम्पनीले अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ७ करोड २५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
साथै, समीक्षा अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको भने समीक्षा वर्षमा कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।
वित्तीय विवरण अुनसार समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ५८ लाख रुपैयाँ खर्चिएको बेलामा गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १८ करोड ५ लाख रुपैयाँ खर्चिएको देखिन्छ ।

