
सुनको मूल्यमा वृद्धि, यस्तो छ कारोबारको अवस्था



काठमाडौं । आज पुन सुनको मूल्यमा वृद्धी भएको छ । हिजो प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ हजार ५०० रुपैयाँ बढेको सुनचाँदी महसंघले जनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार हुँदा हिजो भने सुन तोलाको १ लाख ६४ हजार रुपैयाँ कायम थियो । अहिले सुनको मूल्यले वृद्धिको लहर समाएको अवस्था छ ।
यता, चाँदीको मूल्य घटेको सुनचाँदी महासंघले बताएको छ । चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको हुँदा हिजो भने प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा चाँदी मूल्य हिजो भन्दा १० रुपैयाँले घटेको छ ।


