
वीरगञ्ज नाकाबाट तीन महिनामा २६ अर्ब ५९ करोड निर्यात

वीरगञ्ज । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ ।
प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।
चालु आवको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँ मूल्यका ६ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
यसैगरी, चालु आवको तीन महिनामा २ अर्ब ७ करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ । साथै १ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र ९७ करोड रुपैयाँ मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र ६६ करोड रुपैयाँ मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ ।


