
स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा १९.७२ प्रतिशतले घट्यो

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकले गत आवको सोही अवधिमा ८६ करोड २२ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको नाफा १९.७२ प्रतिशले घटेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ ।
गत आवको तुलनामा बैकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले घटेर १ अर्र्ब ७ करोड २४ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १९.६८ प्रतिशतले घटेर ९८ करोड ९३ लाख ७७ हजारमा सिमित भएको छ । त्यसको असर बैंकको नाफामा परेको छ ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४१ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ । लाभांश दिन सक्ने क्षमता ३६.४० रुपैयाँ रहेको छ ।
१० अर्ब ४ करोड २३ लाख ६८ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९१ करोड १९ लाख २३ हजार रुपैयाँ छ । बैंकले १ खर्ब २९ अर्ब ६२ करोड ७२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ११ करोड ७९ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा १.७१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.९५ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी २७.५७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ ।


