
हिमालयन बैंकको नाफा सवा ७० करोड

काठमाडौं । हिमालयन बैंकको नाफा घटेको छ ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय अवस्था अनुसार बैंकको नाफा ३.२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि सञ्चालन नाफामा भने निकै गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन नाफा १ अर्ब ८१ करोड ३० लाख ७५ हजार रुपैयाँबाट घटेर १ अर्ब ५ करोड ६६ लाख २३ हजार रुपैयाँमा सिमिति भएको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
२२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ५४ करोड ९० लाख ८३ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ५८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३२ अर्ब ७३ करोड ५९ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा ७.३९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ४.९८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी १२.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।


