
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । गभर्नर प्राडा विश्वनाथ पौडेलले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।
पौडेल मंगलबारमात्र राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यकारी निर्देशकमा सरुवा भएका छन्। यसअघि उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका थिए ।
यसैगरी, यसअघि नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित रहेका थिए ।


