
उद्योगी पहिलो किस्ता तिर्न तयार रहेकोमा पूर्व अध्यक्ष थापा

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले उद्योगीहरू प्रशासकीय पुनरावलोकनमा जान तयार रहेको बताएका छन् । उनले उद्योगले पहिलो किस्ताको रकम जम्मा गरी लाइन जोड्ने र प्रशासकीय पुनरावलोकनमा जाने तयारी गरेको बताएका छन् ।
डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा बोल्दै थापाले अहिले भएको सहमति दीर्घकालीन नभए पनि अल्पकालीन समस्या समाधान भएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावअनुसार भएको सहमति दीर्घकालीन समस्या समाधानका लागि पनि प्रारम्भिक बिन्दु बन्न सक्ने अवस्था रहेको बताएका छन् ।
उनले अहिलेको कठिन परिस्थितिमा २५ वटा उद्योगको लाइन काटिँदा अन्योलपूर्ण अवस्थामा पुगेका बताए । देशको अर्थतन्त्रलाई टेवा पु¥याउनेसँगै ऊर्जाको उत्पादन भएर पनि बिजुली बिक्री नभई खेर गएको अवस्था रहेको उनको भनाइ छ । मजदुरहरू बेरोजगारीतर्फ उन्मुख भइरहेका र १५ दिनमै ठूलो समस्या भइसकेको उनको बुझाई छ । केही दिन यो अवस्था लम्बिएको भए अवस्था अझ भयावह हुने उनले बताए ।
‘प्रधानमन्त्री कार्यालय वा ऊर्जा मन्त्रालयबाट आउनुपर्ने विज्ञप्ति वा निर्देशन चाँडोभन्दा चाँडो आओस ।’ थापा भन्छन्, ‘धरौटीस्वरूप पहिलो किस्ता बुझाउन सबै उद्योगी चेक काटेर बसेका छन् । उक्त निर्देशन प्राधिकरणमा पुगेपछि चेक जम्मा गरेर आजै उद्योगको लाइन जोडियोस् भन्ने हाम्रो चाहना हो।’


