
एनआईसी एशिया बैंकको सीईओ बने सुजित कुमार शाक्य

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
आज बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । ललितपुर महागरपालिका–३ पुल्चोकका शाक्य चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
उनले आगामी ३० दिन भित्र कार्यभार सम्हाल्ने जनाइएको छ । उनी यसअघि नबिल बैंकमा डिसीईओ रहेका थिए ।


