
एसियन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सातै प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो ।
उक्त कम्पनीका अनुसार कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न जानेको, सवारी चालक इजाजत पत्र भएको, नेपाली अंग्रेजी टाइपिङ जानेको र २५ वर्ष उमेर ननाघेको उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेद्वारले निवेदनको साथमा सिभी, शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो र हस्तलिखित निवेदनसहित ४ नोभेम्बर अर्थात् कात्तिक १८ गतेसम्ममा आवेदन इमेलमार्फत पेस गर्न सकिने कम्पनीले जनाएको छ ।


