नेप्से ९ अंकले बढ्दा कारोबार ७ अर्बमा सिमित, परिसूचक २७११ बिन्दुमा
काठमाडौं । आज बुधबार सेयर बजारको परिसूचक ९.०९ अंकले बढेको छ ।
बुधबारको कारोबार बन्द हुँदा परिसूचक २७११ दशमलव ७५ विन्दुमा पुग्दा कारोबार भएका कम्पनीहरमध्ये १४३ कम्पनीको सेयर मूल्य वृद्धि भई ८९ कम्पनीको सेयर मूल्यमा गिरावट अयो । त्यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्से सूचकमा देखिन्छ ।
यता ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले बढेर ४७८ दशमलव ५० विन्दुमा पुग्दा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ । त्यस्तै, ५ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने आज गिरावट आएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७४ हजार ३०३ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।