


दिनदिनै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।