


आज सुन चाँदीको मूल्य प्रतितोला कति ?




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा पुगेको छ ।