


मधेस प्रदेशका मुख्यमन्त्री सिंहले घोषणा गरे राजीनामा




धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन आज प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा गरेका हुन् ।
उनले वक्तव्यको अन्तिममा राजीनामा घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरे । सिंहले राजीनामा घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सिके राउतलाई विभिन्न आरोपसमेत लगाए । मुख्यमन्त्रीको बहिर्गमनसँगै अब मधेस सरकार गठनको लागि बाटो खुलेको छ ।