


प्रत्यक्ष प्रधानमन्त्री बन्ने अपेक्षा पालेका निकोलस भुषाल, गाँजाले लठ्ठ हुँदा सुधार केन्द्र चलान




काठमाडौं । प्रत्यक्ष प्रधानमन्त्रीसम्म बनेर देशको कतिपय बेथितीमा परिवर्तन ल्याउँन भन्दै होमिएर केही यूवाहरु माझ चर्चा समेत बटुल्न सफल भएका सामाजिक अभियान्ता निकोलस भुषाल सुधार केन्द्र चलान भएका छन् । आजै दिउँसो मात्रै राजधानीबाट प्रहरीको नियन्त्रणमा परेका उनलाई गाँजाले लठ्ठ भएको भेट्टिएसँगै सुधार केन्द्र चलान गरिएको हो ।
कतिपय दुखी र विपन्नताको भूमरिमा गुज्रिएका आम नेपालीको आशा बन्ने सुरसार कस्न मात्रै खोजेका उनलाई (अवैध लागू औषध) गाँजाको नशा दिँउसै सेवन गरेको अवस्थामा भेट्टिएको हो ।