


खुल्दै राजधानीको मौसम




काठमाडौं । हिजोको आरिघोप्टे वर्षाका कारण दिनभर खुल्न नसकेको राजधानी काठमाडौंको मौसम अहिले केही सफा देखिएको छ । आज बिहानबाटै राजधानी र आसपासका जिल्लामा समेत घाम लागेको अवस्था छ ।
निरन्तर तीनदिनसम्म यस्तै वर्षाको मौसम कायम हुने भने पनि अहिले पनि मौसमी अवस्थामा सुधार देखिएको हो ।
हिजाको वर्षाका कारण राजधानीमा बाढी प्रभावितहरुलाई ७० विद्यालयका सुरक्षित ठाउँमा राख्न सरकारले निर्देशन दिएको थियो ।
राजधानीबाट बाहिरीएका २ सय ५० सवारीहरु नागढुंगा चेकपोस्टबाट फर्किएका थिए ।
आन्तरिक हवाई उडान समेत रोक्नु परेको थियो ।
सरकारले २ दिन सार्वजनिक बिदाको समेत घोषणा गरेको थियो ।
स्थलगत निरीक्षणमा मन्त्रि तथा सरकारी अधिकारीहरु पुगेका थिए ।
प्रधानमन्त्रीले देशबासीको नामका सम्बोधन गरेको अवस्था थियो ।
आजभने एकाएक मौसम बिहानीपखबाटै सफा देखिएको छ ।