


जीवन बीमक संघको अध्यक्षमा नेपाल लाइफका सीईओ पराजुली




काठमाडौं । जीवन बीमा कम्पनीहरुको साझा संगठन नेपाल जीवन बीमक संघको अध्यक्षमा नेपाल लाइफका सीईओ प्रविण रमन पराजुली चयन भएका छन् । यस अघि सोही स्थानमा सिटिजन लाइफका सीईओ पोषक राज पौडेल कार्यरत थिए ।
त्यस्तै, पौडेल भन्दा अघि जीवन बीमक संघको अध्यक्षमा हालका सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डे तत्कालिन सूर्या लाइफबाट अध्यक्ष बनेका थिए ।
यता, नेपाल लाइफका सीईओ पराजुली समेत यस अघि तत्कालिन रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओ पदमा कार्यरत थिए ।
अब पराजुलीको प्रमोसनसँगै नेपाली बीमा क्षेत्रले ठूला समस्या आइ पर्दा सहजै हल गर्ने समेत अनुमान गरिएको छ ।