


विकास हाइड्रोपावरको चौथो बार्षिक साधारणसभा सम्पन्न




काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको उक्त सभा आज सासा बैंक्युट एण्ड इभेन्ट म्यानेजमेन्ट, नयाँ बजार, काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बार्षिक साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, सर्वसाधारण समूहबाट ३ जना संचालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले यस आवमा शेयरधनीलाई लाभांश दिएको छैन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । सोही अनुरुप भदौ २४ गतेसम्म कायम शेयरधनीहरुमात्र सो साधारण सभामा उपस्थित रहेका थिए ।