


जोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड, झण्डै २ लाख कित्ता लिलामीमा आउने




काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद शेयर असोज ७ गते बाँडफाँड गरेको हो।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले असार ७ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.६५ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।
बाँडफाँडपछि कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता शेयर बाँकी बसेको छ जुन प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्रीमा आउने भएको छ।