


क्रेष्ट माइक्रो लाइफका सञ्चालकद्वारा राजिनामा




काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका स्वतन्त्र सञ्चालक पवित्र लाल चुकेले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् ।
कम्पनी सञ्चालक समितिको असोज ५ गते अर्थात आइतबार बसेको बैठकको निर्णयले उनले कम्पनीको प्रगतीमा पुर्याएको योगदानको लागि धन्यवाद दिदै राजिनामा स्वीकृत गरेको छ । उनको राजिनामा असोज ५ गतेदेखि नै लागुहुने गरी स्वीकृत गरेको कम्पनी सचिव मनोज पन्थले जानकारी दिए ।