


अदृश्य दाउपेचमा नेपाली बीमाको अध्यक्ष : राजनैतिक शिकार कि क्षमताको कमी ?




काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरण मुख्य नेत्तत्वकर्ताको खोजीमा छ । विगत केही समय यता धरमर देखिन थालेको सोही अध्यक्ष पदको अन्योलताले समग्र उद्योगमा प्रभाव छाड्न थालेको हो ।
पाँच वर्ष चुक्ता पुँजी भएका जीवन बीमा कम्पनी, साढे २ अर्ब चुक्ता पुँजी भएका निर्जीवन बीमा कम्पनी तथा १० अर्ब रुपैयाँ भएका पुनर्बीमा कम्पनी, साथमा थपिएका १ अर्बका लघु बीमा कम्पनी समेतका अध्यक्ष र सीईओलाई गाइड गर्न कम चेतनाले सम्भव छैन । भनाईको मतलब बीमा चेतना । हो, बीमा चेतना नै मुख्य हो जसले पछिल्लो समय वृद्धिको क्रममा रहेको बीमाको बजारलाई बरु उक्साओस् तर नखस्काओस् ।
बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष राजनैतिक दाउपेचका शिकार बन्नु हुँदैन । कारण, बीमा कम्पनीलाई हामीले उनीहरुको चुक्ता पुँजीको आधारमा मात्र मूल्यांकन गर्ने हो भने समग्र बीमा उद्योगको अपरिहार्यता फिक्का हुन पुग्छ ।
कुनै पनि बीमितले ४ हजार रुपैयाँ तिरेर आफ्नो १ करोड रुपैयाँ बराबरको घर बीमा गर्छन् । हामीले त्यस्ता पिडीतलाई समेत सम्झिनु पर्छ जसको घर खरानी भए पनि मनमा बीमाले आशा र आर्थिक भरोसा समेत प्रदान गरेको छ ।
अर्को कुरा परिवारमा दीर्घ रोग लाग्दा होस् वा अनाहकमा आफ्ना प्रियजन गुमाउदा घर मुलिको अभावमा समेत बीमा अर्को दह्रो खम्बा बनेर उभिने जग जाहेर नै छ ।
यसमा हामीले जति व्याख्या र परिभाषा गरे पनि महत्वपूर्ण कुरा भनेको यस्तो ठूलो उद्योलाई अधिकांश अवस्थामा सरकारले नै हेयको दृष्टिमा राखिरह्यो । कारण बीमा क्षेत्रको मुख्य अध्यक्ष जस्तो पद नै योग्यता भन्दा पनि भागवण्डामा परेको जस्तो देखिने र अर्कातिर बीमित लक्षित नयाँ उत्पादनहरु नआउने हो भने बीमा कम्पनीहरुले महको नामकरण गरे पनि चिनी नै बेच्नु पर्ने बाध्यता छ । भलै, उनीहरुले प्याकेट या खोल चाही फेर्न सक्छन् ।
यसको मुख्य कारण भनेको नीतिगत अस्थिरता समेत एक बलियो उदाहरणको रुपमा साबित हुनसक्छ । अब त्यसको लागि धेरै पर जानु पर्दैन । एकै छिन बीमा प्राधिकरणका अध्यक्षकै पदलाई नियाल्दा काफि हुन्छ ।
कडा मुद्धा चल्छ पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाल कार्यकालको अन्तिममा फालिन्छन्। अनि अदालतले फेरी सफाई दिन्छ ।
शरद ओझा नयाँ अध्यक्षको रुपमा उदाउन नपाउदै मुद्धाको शिकार बन्छन् । निलम्बनमा परेका ओझालाई सर्वोच्चले काममा फर्किने बाटो खुला गर्छ । फेरी अर्थले रोक्छ ।
के बीमा प्राधिकरणको अध्यक्ष जस्तो पद र अर्थतन्त्रको जटिल र गम्भिर हिस्सामा साझादारी गरेर पिडीतहरुको पीडामा मलहपट्टी गर्नु पर्ने उच्च दायित्व पाएको बीमा कम्पनीहरुले यसबाट के सिक्ने ?
यस्तै आउ जाउ, अविश्वसा, शंकास्पद संस्कृती कुनै पनि बीमितले पाउने दाबी-भुक्तानीमा कहिल्यै पनि नमौलाओस् ।
रियल टाइम डाटाको अवधारणा र विश्वास माथि विश्वास आर्जन गरेर विश्वका बीमा कम्पनीहरु सफल भएको बेलामा नेपाली बीमा क्षेत्रले एउटा अध्यक्षको दौडमा मनमौजी बन्द गर्नु पर्छ ।
(बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स)