

जेन्जी आन्दोलनमा भवन जलेर ध्वस्त हुँदा सर्वोच्चले त्रिपालबाटै सुनुवाई गर्दै बन्दी प्रत्यक्षीकरणको मुद्धा




काठमाडौं । गत साता भदौ २३ र २४ गते नयाँ पुस्ताले गरेको नयाँ परिवर्तनको संकल्पले देशमा ठूलो प्रभाव पारेको छ । सोही आन्दोलनको प्रभावका कारण सत्ता उलटपुलट भएको बेलामा यता केही सार्वजनिक संरचनाहरु भने दयनिय अवस्थामा पुगेका हुन् ।
यद्यपी सोही घटनाको जिम्मा हामीले भवन जलाएको हो भनेर कसैले पनि दाबी गर्न वा जिम्मा लिएको अवस्था छैन । तर, विश्वमा हुने कतिपय आतंकवादी क्रियाकलापहरुमा समेत आक्रमणकारीहरुले आफ्नो संलग्नता स्वीकार्ने र त्यसको मर्मतमा आर्थिकदेखि अन्य सहयोग गर्नु पर्ने व्यवस्था छ ।
यस्तो बेलामा सोही घटनाको कुनै पनि समूहले जिम्मा नलिएको बेलामा अहिले प्रहरी प्रशासनले भने त्यस्तो घटनामा प्रत्यक्ष जोडिएर घट्नालाई मलजल गरेका जो कोहीलाई पनि अनुसन्धानको दायमा तानेको अवस्था छ ।
यही बिचमा सर्वोच्चच अदालतले भने बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई सुरु गरेको छ। विगतको जस्तो भित्री र बन्द कोठामा नभई टेन्ट र पाल टाँगेरै अदालतको सुनुवाई प्रक्रिया अघि सारिएको छ ।
यद्यपी अदालत जले पनि न्याय मरेको छैन भन्ने आशमा नागरिकहरु बाच्न बाध्य छन् । कारण न्यायको मन्दिर कुनै पनि कुविचार भएका केही समूहको शिकार पक्कै बनेको छ । यस्तो अवस्थामा एक जना वलिकले, एकजना न्यायाधिशले एउटा जघन्य अपराधको लागि पूर्ण अनुसन्धान गरेर समाजमा शान्ती कायम गर्न मद्धत गर्छन् भन्ने कुरा हामीले कहिल्यै पनि भुल्नु हुँदैन । किनभने घटना र भवितव्य हाम्रो हातमा नभई कुनै पनि बेलामा घट्ने र त्यस्तो बेलामा हाम्रो तेस्रो आँखाको रुपमा अदालतले न्याय दिलाउने काम गर्छ ।
अन्य अदालतको तुलनामा सबैभन्दा माथि रहेको सर्वोच्च अदालतले पालबाट सुनुवाई सुरु गरेको छ ।
हेर्नुस् एक झलक :