
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षा सुविधा नलिने भएका छन् ।
आज मन्त्रालयमा पदभारग्रहण गरे लगत्तै मन्त्री घिसिङले उक्त कुरा बताए ।
उनले आफुले पाएको तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने जानकारी गराए । उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरे ।