
२ सय ६२ किलो गाँजासहित ३ पक्राउ

काठमाडौं । विराटनगर महानगरपालिका–१५ बाट २ सय ६२ किलो ५८० ग्राम गाँजासहित ३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।


