

सवारी लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द




काठमाडौं । जेनजी आन्दोलनका कारण यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ तथा वितरणको काम अनिश्चितकालका लागि बन्द गरेको छ ।
जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागमा तोडफोड, आगजानी भएर इलेक्ट्रोनिक उपकरण, सर्भरमा क्षति भएकाले सवारी लाइसेन्स छपाइ तथा वितरणको काम अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण बन्द रहने जनाएको छ ।