
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्कापक्की
			
				
                
                                                                    
                                                                
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न करिब पक्का पक्की गरेको छ। कार्कीलाई आज शीतल निवासबाट सर्वपक्षीय बैठकद्धारा सो अवसर प्रदान गरिएको हो ।
जेनजी समूहले समेत छोटो समयमा महत्वपूर्ण आन्दोलन गर्दै उनै कार्कीलाई प्रधानमन्त्री बनाउने एजेण्डा मुख्य रुपमा अघि सारेको थियो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राजिनामा दिएसँगै नेपालमा प्रधानमन्त्रीको पद रिक्त भएको छ ।
यथासिघ्र प्रधानमन्त्री नियुक्ती गरौं भन्ने सल्लाह समेत चौतर्फी रुपमा उठिरहेका छन् ।


