

जेनजीले गरे सेनाका प्रमुखलाई सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव




काठमाडौं । जेनजी प्रतिनिधिले शुशील कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई प्रस्ताव गरेका छन् ।
उनीहरुले प्रधानसेनापति सिग्देलसँग पूर्वप्रधानन्यायधीश कार्कीलाई नागरिक सरकारको नेतृत्व गर्न लगाउने प्रस्ताव गरेका हुन् ।
आज जेनजीहरुको भर्चुअल बैठकमा कार्कीलाई सरकार प्रमुखमा प्रस्ताव गर्न बहुमत सुझाव आएको थियो ।
यो विषयमा सेनाले कार्कीसँग भेटेर छलफल गरेपछि मात्रै तय हुनेछ ।