

केन्द्रीय कारागारबाट टोपबहादुर रायमाझीसहित ३३ सय कैदीबन्दी भागे, कारागार सेनाको नियन्त्रणमा




काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।
कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ३३ सय जति फरार भएका छन् । ३३ सय जना मध्ये टोप बहादुर रायमाझी पनि रहेका छन् ।
कैदीबन्दीहरुले कारागार तोडफोड गरेर भागेको बताइएको छ । कैदीबन्दी भागेपछि कारागार सेनाले नियन्त्रणमा लिएको छ ।