

महाराजगञ्जमा रहेको भाटभटेनी लुट्ने चार जना नियन्त्रणमा




काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
यस्तै सेनाले डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरेर २ लाख ३२ हजार पाँचसय २५ सय बरामद गरेको छ ।
यस्तै सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित अहिलेसम्म ३२ नाल हतियार बरामद भएको सेनाले जनाएको छ ।