

डिल्लीबजार कारागारमा आगजनीपछि भाग्ने क्रममा रहेक कैदीलाई सेनाले रोक्यो




काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदीले आगजनी गरेका छन् ।
कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए ।
अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।