

सर्वोच्च अदालतको मुद्दा सुनुवाइ अनिश्चितकाललाई रोक्कियो




काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनुवाइ हुन नसक्ने बताएको छ ।
उक्त अदालतले बुधबार एक सूचना जारी गर्दै मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनुवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।
सो आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।