बाँडफाँड भयो समता घरेलु लघुवित्तको एफपीओ
काठमाडौं । शुक्रबार बिहान समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको कम्पनीले जनाएको छ। साढे १३ लाखले आवेदन दिँदा १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरलाई इच्छुकहरुले आवेदन दिएका थिए।
कम्पनीका अनुसार १ हजार ३९९ आवेदन बदर हुँदा जम्मा १३ लाख ४७ हजार ५१३ आवेदन सदर गरिएको थियो। बाँडफाँड गर्ने क्रममा ३५ हजार ९० जना आवेदकले १० कित्ताको हिसाबले शेयर हात पारेका छन् ।
फेस भ्यालु १०० रुपैयाँमा कात्तिक १२ गतेदेखि २० गतेसम्म अवधि तोक्दै ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको थियो । यता लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।