

घट्यो नेप्से परिसूचक




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ अकंले घटेर २६७५.०९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको ०.८० प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार २२ कम्पनीको शेयर बढ्दा २२९ कम्पनीको घटेको छ ।