

स्वतन्त्र रुपमा जागेका कलिला यूवाहरुको समेत माग नसुनी, मृत्यु उपहार




काठमाडौं । सोमबार अप्रिय घट्ना घट्न पुग्यो । घट्नाको सुरुवात घोषित थियो वा अघोषित, त्यो त खुलिसकेको छैन । तर, घट्ना घट्नु पूर्व जम्मा भएको भीडले राम्रोसँग सम्बोधन गरेको थियो व्याप्त भ्रष्टाचारको अन्त्य आजको आवश्यकता ।
अर्को कुरा, सामािजक संजालमा लागाइएको प्रतिबन्ध नै भ्रष्टाचार लुकाउने खेल हो भन्ने ।
एकाएक सामाजिक संजाल घरि बन्द हुन्छ भन्ने धक्की मात्रै त घरि पक्का बन्द हुन्छ भन्ने जस्ता प्रतिक्रीयाका बिच साच्चै बन्द हुन पुग्यो । स्थिती यस्तो बन्न पुग्यो यूवाहरु माझ लोकप्रिय बनेका साढे २ दर्जन सामाजिक संजाल एक्कास्सि रोक्किी त्यसको झट्का कतिसम्म लाग्यो भन्ने आँकलन गर्न गाह्रो छ ।
एक त कसैको रोजिरोटीमा प्रभाव भयो त अर्को त अभिव्यक्ती स्वतन्त्रताको माध्यममा पनि केही हदसम्म धक्का पुगेको देखिन्छ । तर, घोषणा गरेरै रोक्किएको सामाजिक संजालको विरोधमा अन्त मात्र होइन सरकारको मुख्य घर संसद भवनमै एकाएक घेरा हाल्ने स्थिती उत्पनन्न भयो । त्यो पनि २८ वर्ष उमेर समूहक भन्दा कमका यूवाहरुबाट ।
यस्तै कार्य्रक्रम गर्न कुनै पार्टीलाई कति धेरै खर्च लाग्थ्यो होला । कति पटक मिटिंग गर्नु पथ्र्यो होला । कति धेरै योजनाहरु बनाउँनु पथ्र्यो होला ।
तर, एकाएक युवा शक्तहीहरु यसरी मैदानमा होकिएकी हालसम्म १४ जनाले आफ्नो ज्यान नै गुमाउनु पर्यो ।
उनीहरुले धेरै पटक सुने होलान राजनैतीक आश्वासन । धेरै पटक अमिलो मन पारेर विमानस्थलबाट बिदाई गरे होलान् आफ्ना आफ्ना, दाजु भाई, दिदी बहिनी र परिवारका सदस्यहरु ।
एकाएक माहोल यस्तो सिर्जना भएको देखिन्छ कि भ्रष्टाचार रोकौं भन्ने एजेण्डा कुनै पनि पार्टीका लागि अकाट्य एजेण्डा हो । किनभने, यसमा कुनै पार्टी, जात, धर्मलाई जोडिएको देखिदैन ।
स्थितीलाई शान्तीपूर्ण बनाउदै भष्टाचार विरुद्धका एजेण्डाको तत्काल समाधानमा जान समेत सम्बन्धित निकायले तत्परता देखाउनु पर्ने बेला आइसकेको देखिन्छ ।
अनाहकमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदान्जली ।