

जेनजीका मागहरु तत्काल सम्बोधन गर्नु पर्ने पक्षमा बोले प्रचण्ड




काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जेन–जी पुस्ताले गरेको प्रदर्शनमा दुःखद घटना घटेको र त्यसले आफू स्तब्ध एवम् गम्भीर भएको प्रतिक्रीया दिएका छन्।
यता, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न समेत उनले आग्रह गरे। अध्यक्ष दाहालले स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्नुपर्ने सुनाए।
‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु’ उनले थपे।