
जेनजीको आन्दोलनः पत्रकार श्रेष्ठलाई गोली लाग्यो

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा जेनजीले आयोजना गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन्। दृष्य संकलनका क्रममा श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो।
सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले दिएका छन्।
माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरको संसद भवन भित्र प्रवेश गर्दै अनियन्त्रित बनेको र प्रहरीले रोक्न प्रयास गर्दा असफल भएको बताइएको छ।


