
बरुण हाईड्रोपावरको २ लाख ३८ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्रीमा

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख ३८ हजार कित्ता बढी अवितरित हकप्रद शेयर भदौ २९ गतेदेखि बिक्री गर्ने भएको छ ।
कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ३८ हजार ४४३ कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरु, विरगञ्ज, जनकपुर, नारायणगढ,बाग्लुङ, बुटवल, नेपालगञ्ज,विरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुल्सीपुर,महेन्द्रनगर, चैनपुर(संखुवासभा),खादबा्री र धरानबाट आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १२ गते रहेको छ ।


